जेनजीसँगको सहमतिमा दललाई सहभागी नगराएर सरकार चुक्यो : विश्वप्रकाश

२६ मंसिरकाठमाडौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारर जेनजीबीच सहमति गर्दा दलहरुलाई सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सहमतिको स्वागत गर्दै उनले लोकतन्त्रको मुख्य सारथी दलहरुलाई सहभागी नगराएर सरकार चुकेको बताएका छन् ।

राजनैतिक दलहरू लोकतन्त्रको मुख्य र अविच्छिन्न सारथी हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो त्यसो गरेर `भोलिका लागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो‘, उनले भनेका छन् ।

उनले अब दस्तावेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारलाई यस विषयमा गम्भिर हुन सुझाव पनि दिएका छन् ।

सहमति कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को निर्वाचनको मिति बाधक हुन नहुने बताएका छन् ।

उनले जेनजी समूहहरुलाई अपनत्वमा गाँस्नविश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन वैशाखसम्म पुगे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नु पर्ने बताएका छन् ।

उनले जेनजी प्रदर्शनले स्थापित गरेको सुशासनको संकल्प र अठोट‘ आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation