साढे १२ अंकले घट्यो शेयर बजार !

२८ मंसिर, काठमाडौँ

आइतवार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे १२ अंकले घटेको हो।

नेप्से ०.४७ प्रतिशतले घटेर परिसूचक २५९४.८७ बिन्दुमा आएको छ। दिनभरमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर कारोबार भएको छ।

बजार बन्द हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

दिनभरमा ३३० वटा कम्पनी कारोबारमा आउँदा ६० हजार ६९९ पटक शेयर किनबेच भएको थियो।

आज २ वटा कम्पनीको शेयर मूल्यमा मात्र सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। १३ वटा समूहमध्ये वाणिज्य बैंक र म्युचुअल फण्ड बाहेक अन्य सबै समूह घटेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation