मादुरो गिरफ्तारी प्रकरणमा यस्तो भन्छन् मेयर ममदानी

२० पुस, काठमाडौँ

न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान ममदानीले सामाजिक सञ्जालमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्युयोर्कस्थित संघीय कारागारमा राख्ने योजना बारे जानकारी पाएको बताएका छन् ।

मेयर ममदानीले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिँदै  यस अमेरिकी कदमको कडा आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘स्वायत्त राष्ट्रमाथि एकपक्षीय हमला युद्धको कार्य हो र संघीय तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो।’

उनले थपे, ‘यो स्पष्ट रूपले शासन परिवर्तनको प्रयास हो, जसले विदेशमा मात्र नभई न्युयोर्कवासीहरूमा पनि असर पार्छ। यहाँ बसोबास गर्ने दश हजारौँ भेनेजुएला नागरिकहरू यसबाट प्रभावित हुनेछन् ।’

मादुरो र उनकी पत्नीलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation