रुकुमका जनता भगौडाको पछि लागेनन् : प्रचण्ड

२६ पुस, काठमाडौं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमका जनताले कोही पनि भगौडाको पछि नलाग्ने कुराको सावित गरेको टिप्पणी गरेका छन् ।

रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेर गएपछिको अवस्थालाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

रुकुमका केही नेताहरू विचलित भएर पार्टी छाडेर गएको भन्दै आफूलाई रुकुमका जनमत खस्केको हो कि भन्ने कुरामा चिन्ता भएको पनि बताए।

‘यहाँको एक जना तपाईंहरूले अघि सारेको नेता पलायन भए, विचलित भएर गए । कहाँ गए भने कम्युनिस्ट र मार्क्सवाद छाड्नेतिर गए,’ उनले भने, ‘यसको पछाडि षड्यन्त्र छ । निकै ठूलो षड्यन्त्र अन्तर्गत ति मान्छेलाई विचलित बनाइएको छ ।’

उनले थप भने, ‘पहिला पहिला जस्तो सभामा उपस्थिति नहुने हो कि भन्ने मलाई कता कता अलि अलि लागेको थियो । तर, आज यो सभामा आउँदा रुकुमको जनता महान छन्, कुनै भगौडाका पछि लाग्दैनन् भन्ने कुरा तपाईंले सावित गरिदिनुभयो ।’

उनले जनार्दनको नामै लिएर भने, ‘पहिला प्रभाकर थियो र प्रचण्डलाई ल्याउँथ्यो । अब त प्रभाकर छैन प्रचण्ड आउँछ कि आउँदैन भन्थे । म झन् बढी आउँछु रुकुम अब,’ प्रचण्डले भनेका छन् ।

जनार्दनको अभावमा पार्टी हेर्डक्वार्टर हुँदैन कि भन्ने कुरामा चिन्ता नलिन समेत आग्रह गरे ।

‘मैले मध्यपहाडी लोकमार्ग अभियानका बेलामा चौरजहारीमा बोलेको धेरैले सुन्नुभएको होला । मैले रुकुमका पार्टीका जनतालाई सलाम गरेको थिएँ, रुकुममा पहिला जसलाई नेता मानिन्थ्यो उनीहरू पलायन भए,’ प्रचण्डले भने, ‘उनीहरू विचलित भए । तर रुकुमका जनता विचलित भएनन्, पलायन भएनन् । नेता कार्यकर्ता कहिल्यै पनि विचलित हुनेको पछि लागेनन् ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation