सवारी दुर्घटनामा २ जनाको मृत्यु

२ माघ, काठमाडौं
नवलपरासी र हुम्लामा हिजो साँझ भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुलीमा स्कारपियोको ठक्करबाट स्थानीय ४२ वर्षीया जया आर्यालको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार बा १६ च ४७४० नम्बरको स्कारपियोले देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिँदा गम्भीर घाइते अर्यालको उपचारका क्रममा मृत्यु भएको हो।

उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा उनलाई चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। यस्तै हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका–२ स्थित ठूला खोला भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

भे २ त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ३० वर्षीय नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए। कर्णाली करिडोरमा सडक निर्माणको लागि ढुङ्गा ओसारिरहेको ट्रयाक्टर दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation