
पदम प्रसाद पोख्रेल
घोराही\दाङ
पदमोदय पब्लिक नमूना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७९ औँ वार्षिक उत्सव एक भव्य समारोहबिच सम्पन्न गरेको छ । सातव्यापी रूपमा विभिन्न खेलकुद, नृत्य, गायनलगाएका खेलकुद एवं सांगीतिक गतिविधि गर्दै आइरहेको सो स्कुलले हिजो सोमवार एक भव्य समारोह गरेर वार्षिकोत्सब मनाएको हो । कार्यक्रममा विद्यायलयमा उत्कृष्ट नतिजा ल्याउने एवं अहिलेको एसइई २०८२ को नतिजामा चार (४) जीपीए ल्याउने तिनजना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ ।

त्यस्तै विभिन्न क्षेत्रमा उत्कृष्ट कला प्रस्तुत गर्ने विद्यार्थी, खेलाडी, अनुशासीत तथा जेहेन्दार विद्यार्थी, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट पठनपाठन गराउने शिक्षिका शिक्षक एवम् विद्यालय स्टाफहरूलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न रकमका ५१ वटा अक्षयकोषको व्याज रकमबाट अक्षयकोषदाताले तोकेको कलस्टरका ८५ बढी विद्यार्थी पुरस्कृत भएका छन् ।

घोराही उपमहानगरपालिका १५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय देशभरिका १० उत्कृष्ट विद्यालयहरूकै सूचीमा पर्न सफल नमूना विद्यालय हो । २००४ सालमा स्थापित यस विद्यालयमा विभिन्न प्रविधिक धारसहित कक्षा १२ सम्म ४ हजार बढी विद्याथीहरुले अध्ययन गरिरहेका छन् । अत्याधुनिक सुविधासहित भौतिक पूर्वाधार विकास, विज्ञान प्रयोगशाला, पुस्तकालय, विद्यालयमा डिजिटल बोर्डसहित उत्कृष्ट पठनपाठनको व्यवस्था र प्रशस्त जग्गा जमिन एवं पूर्वाधार भएको उत्कृष्ट विद्यालय हो ।
शिक्षक अभिभावक संघका अध्यक्ष सुरामणी वेलवासेको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी रहेका थिए भने विशिष्ट अतिथिमा उपमहानगरकी उपप्रमुख हिमाकुमारी डिसी रहेकी थिइन् । कार्यक्रममा विभिन्न सामाजिक एवं राजनीतिक क्षेत्रमा योगदान गर्ने राजनीतिक दल एवं सामाजिक क्षेत्रका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, अक्षेयदाता, अभिभावक, विद्यार्थी, पत्रकार एवं विभिन्न क्षेत्रका सरकारवाला व्यक्तिहरूको भव्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षक निशान्त आचार्यले गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक नारायण प्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विद्यालयलाई विगतदेखि वर्तमानसम्म सफलताको शिखर चढाउन योगदान गर्नुहुने सम्पूर्ण चन्दादाता, शिक्षाप्रेमी, अभिभावक एवं सरकारवाला तप्कालाई हृदयदेखि धन्यवाद व्यक्त गरेका थिए भने अक्षयकोष तथा विभिन्न विधाका पुरस्कार विधाको पुरस्कार वितरण समारोहको सञ्चालन शिक्षक एव् पुरस्कार छनोट समितिका संयोजक मिनराज घिमिरेले गरेका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षिकको रूपमा केदारराज पाठक र सरस्वती पौडेल सम्मानित भएका छन् ।
पदमोदयमा पहिलोपटक ४ जीपिए
यस वर्षको एसईई नतिजामा उत्कृष्ट नतिजा अर्थात् ४ जीपिए ल्याउने विद्यार्थी रमेश सापकोटा, सन्तोष भण्डारी र श्रीधर रिजाललाई नगद १० हजारसहित सम्मान गरिएको छ । सामुदायिक विद्यालयतर्फ यसपटक जीपिएकाे हिसाबले पहिलोपटक पदमोदय माविले उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो यद्यपि ३०५ जना एसईईमा सहभागी भएकामध्यबाट जम्मा ९६ जना मात्रै यसपटक उत्तिर्ण भएकोले समग्र नतिजालाई उपलब्धिमूलक मान्न नसकिने जानकारहरु बताउने गर्छन् । सो जतिजा ल्याउनको खुसीयालीमा विद्यार्थीलाई हौसलास्वरुप पुरस्कृत गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
प्रमुख अतिथिको रुपमा बोल्दै नरुलाल चौधरीले विद्यालय क्षेत्रको शैक्षिक गुणस्तर, पूर्वाधार विकासमा नगरपालिका निकै जिम्मेवार रहेको बताउँदै पदमोद स्कुलको समग्र शैक्षिक उनन्वयनका लागि आपूmहरु सदैव तत्पर रहेकोले हर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष विश्वराज आचार्यले हरेक कामकारबाहीमा सकारात्मकताको सँगसँगै नकारात्मक विषयवस्तुहरू पनि रहने भएकाले नकारात्मक विषयको उठान र त्यसको समाधान गर्दै उत्कृष्ट शैक्षिक कार्यको निम्ति सबै सरकारवाला दत्तचित्त भएर लाग्नुपर्ने बताएका थिए ।
त्यस्तै उत्कृष्ट अक्षयकोषदाता मनोहर बुढाथोकीले विद्यालयले पूर्वाधार, प्रविधि लगाएत सम्पूर्ण क्षेत्रको विकाससँगसँगै नवीनतम फड्को मारिरहेको स्थितिमा अक्षयकोष दातालाई सम्मान गर्न कञ्जुस्याँई गर्नु विद्यालय प्रशासनको कमजोरी रहेको गुनासो व्यक्त गरेका छन् । उनले विद्यालयको वार्षिक मुखपत्र ज्योत्सना नामक स्मारिकामा विद्यालयको सारा गतिविधि अट्दा ५१ जना अक्षयको दाताहरूका नाम अट्न नसक्नु निकै दुखद विषय भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले “अक्षयकोषदाताले सोही विद्यालयको शैक्षिक गुणस्तर विकार र विद्याथीको समग्र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले स्थापना गरिएका ५१ जना अक्षयकोष दाता र उनका मृतकहरूको सम्मानमा फोटो वा दुई पेजमा राखिदिएको भए विद्यालय प्रशासनको के सकिन्थ्यो” भनेर प्रश्न गरेका छन् । घोराही उपमहानगरपालिका १५ नं. वडा सदस्य लेकबहादुर बुढाथोकीले पनि पद्मोदयलाई निःशुल्क शिक्षाको हब बनाउन सकेको खण्डमा हजारौँ विद्यार्थी लाभान्वित हुने भएकोले यसको लागि नगरपालिका, शिक्षासँग सम्बन्धित सरोकारवाला निकाएर स्वयं विद्यालय प्रशासन पनि निकै उदार ढङ्गले सोच विचार गरेर लाग्न जरुरी भएको बताएका छन् ।

स्वैच्छिक रूपमा शुल्क तिर्नको निम्ति कुनै पनि अभिभावकले विरोध र खण्डन नगरेको बताउँदै आचार्यले विगतदेखि नै उठाउँदै आइरहेको शैक्षिक सहयोग शुल्कलाई निरन्तरता नदिने हो भने विद्यालयको शैक्षिक गुणस्तर विकास र शैक्षिक क्षेत्रमा कुनै पनि गतिविधि अगाडि बढाउन असमर्थ भइने जिकिर गरेका छन् । केही मानिसहरूलाई लोकप्रिय बन्ने मोह चडेको कारण विद्यालयलाई विवादको कृडास्थल बनाउन खोजेको बुझिएकोले यस्ता विषयहरू खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा उत्कृष्ट शैक्षिक नतिजा निकाल्न सफल एवं उत्कृष्ट शिक्षकको रूपमा विद्यालयमा पठनपाठन गराएका पूर्व शिक्षकहरू गिरबहादुर महरा, दुर्गाप्रसाद पाण्डे, तिलक पाण्डे, आरती ओली, कमल ओली, गीता शर्मा र विद्यालय कर्मचारी जसले बिस वर्षसम्म लगातार काम गरिरहेका कुलराम चौधरी समेतलाई पनि सम्मान गरिएको विद्यालय परिवारले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधाका माैलिक नृत्य, नाटक लगायतका प्रस्तुुतिहरु राखेका थिए ।

















