अर्थमन्त्री वाग्लेले सांसदलाई हेपे, धम्की दिएजस्तो गरे : वर्षमान पुन

 

२९ जेठ, काठमाडौं

नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेप्न गरी बोलेको भनेर ध्यानाकर्षण गरेका छन् ।

आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा छलफल भएको थियो । साथै प्रतिनिधिसभामै पनि यो विषयमा छलफल भएको थियो ।

जवाफका क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर नेता पुनले लेखा समितिमा यो विषय उठाएका हुन् ।

‘अर्थमन्त्रीज्यूले माननीय ज्यूहरूलाई अलि हेप्ने गरी, धम्की दिने जस्तो, हिजोकाहरूको हामी छानबिन गर्ने फाइल खोज्दै छौं । हिजोकाले ७० प्रकारका हेरफेर गरे, मैले ६/७ प्रकारको मात्रै गरेँ भन्ने जस्तो गरी प्रस्तुत हुनुभयो’ नेता पुनले भने, ‘यो दुःखद कुरा हो । धेरै नै दुःखद कुरा हो ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation