समूह चरणमा शतप्रतिशत नतिजासहित अर्जेन्टिनाको शानदार यात्रा

 

१४ असार, काठमाडौं

साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो ।

जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले एकएक गोल गरे । जोर्डनका मुसा अल–तमारीले सान्त्वना गोल गरे ।

खेलको १९औं मिनेटमा जियोभानीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

खेलको ५५औं मिनेटमा जोर्डनका अल–तमारीले गोल गर्दै खेलमा फर्किने प्रयास गरे । तर, दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले ८०औं मिनेटमा गोल गर्दै अल–तमारीको प्रयासलाई विफल बनाए ।

समूह ‘जे’ मा अर्जेन्टिनाले ३ खेलबाट ९ अंक जोडे । समान ४ अंक जोडेका अल्जेरिया र अष्ट्रिया दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरे । जोर्डन अंकविहीन बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation