विद्युतीय सवारी खरिद सहज बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

२३ असार, काठमाडौं

नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात बढाउने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण गर्ने व्यवस्था गरेको हो ।

हाल विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनको हकमा पनि कर्जा मूल्य अनुपात ६० प्रतिशत तोकिएको छ । यसको अर्थ ऋण लिँदा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा सुविधा पाउनु हो ।

तर, जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था पनि छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation