चक्कु प्रहार गरि एकको हत्या, दुई पक्राउ

२४ असाररौतहट

रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको स्वामित्वको विषयलाई लिएर भनाभनपछि कुटपिट भएको थियो।

विवाद चर्किंदै जाँदा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट बुटन साहको ढाडमा गम्भीर घाउ लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि राति करिब ९ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए।

घटनाका क्रममा रामबहादुर साहको टाउकोमा समेत चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रामेश्वर साह तथा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation