भानुभक्त माध्यमिक विद्यालय बर्बोटमा शिक्षाप्रेमी तथा समाजसेवी एक वृद्धले अक्षकोष स्थापना गरेका छन ।
२०८० फागुन ८ गते विद्यालयका संस्थापक सदस्य शिक्षाप्रेमी समाजसेवी व्यक्तित्व खिमबहादुर खड्काको ८४ वर्ष प्रवेशको अवसरमा मल्लरानी ३ मा अवस्थित भानुभक्त माध्यमिक विद्यालय बर्बोट लगायत विभिन्न विद्यालयहरुमा अक्षयकोष स्थापना गरि हस्स्थान्तरण गरेका हुन ।
मलरानी २ चुँजामा सामान्य परिवारमा जन्मेका खड्काको दुई वर्षमा बाबुको मृत्यु १३ वर्षमा आमाले अर्को बिहे गरेपछि बाल्यकाल जीवन कष्टकर भएतापनि जीवनको उर्वर समय सकारात्मक चिन्तन र समाजसेवी सोचका कारण शिक्षा विकास र समाजसेवामा उहाँले सक्रिय रुपमा काम गर्दै आउनुभयो। २०४९ मा चुँजा गाविसको उपाध्यक्ष समेत बन्नुभएका खड्का आफ्नो क्षेत्रको बाटो निर्माण, विद्यालय ,खानेपानी ,वन संरक्षण, मन्दिर निर्माण लगायतका सामाजिक कार्यमा निरन्तर उल्लेखनीय योगदान गर्नुभयो।
सामाजिक योगदान गर्ने इच्छाशक्ति भएमा ठूलो आम्दानीका स्रोतहरु नभएपनि असहाय विपन्न बालबालिकाहरु र भावी सन्ततिकालागि शिक्षा आर्जनमा उत्प्रेरित गर्ने उद्देश्यले पूर्वी प्युठानका विद्यालयहरु भानुभक्त मावि बर्बोटमा रू- १ लाख ८२,४८४, अमर मावि चुँजामा रू- ५१,९८४, जनजागृति प्रावि अर्भाङमा रू – ३१,२८४ र जनकल्याण प्रावि खन्ने खोलामा रू- ३१२८४ गरी जम्मा २ लाख ९६ हजार ३ सय ३६ रुपैयाँ आफ्ना अग्रजहरूको स्मृतिमा छात्रवृत्ति अक्षय कोष स्थापना गर्नुभएको छ।
भानुभक्त माध्यमिक विद्यालय परिवारले उहाँको उच्च योगदानको कदर गर्दै दीर्घायु सुस्वास्थ्यको कामनासहित सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेलले जानकारी दिनुभयो ।