चन्द्रमाको दक्षिणी ध्रुवमा अमेरिकी अन्तरिक्षयान सफलतापूर्वक अवतरण

अमेरिकाको एक निजी कम्पनीले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गरेको छ।

‘इट्युटिभ मसिन्स’ले आज बिहानपख आफ्नो अन्तरीक्षयान चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको हो। योसँगै अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने दोस्रो देश बनेको छ भने इट्युटिभ मसिन्स चन्द्रमा पुग्ने पहिलो निजी कम्पनी बनेको छ।

यसअघि भारतले गत वर्षको २३ अगस्तमा चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको थियो । इट्युटिभ मसिन्सका निर्देशक टिम क्रेनले ‘मिसन ओडिसियस’बिना कुनै अवरोध चन्द्रमाको सतहमा उत्रिएको बताए।

यो मिसनका लागि अमेरिकी स्पेस एजेन्सी नासाले सहयोग गरेको छ। मालापर्ट नाम दिएको चन्द्रमाको समथर भूभागमा सूर्यको प्रकाश नपुगेको बीबीसीले जनाएको छ। नासाले उक्त क्षेत्रमा अन्तरीक्षयात्री पठाउने तयारी गरिरहेको छ।

अमेरिकाले ५१ वर्षअघि सन् १९७२ मा अपोलो–१७ मिसनमार्फत् आफ्नो यान चन्द्रमामा पठाएको थियो। त्यसपछि सन् २०२२ मा आर्टिमिस–१ मिसन चन्द्रमाका लागि पठाइए पनि उक्त यान चन्द्रमामा चक्कर लगाएर अवतरण नगरी फर्किएको थियो।

-था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation