मौसम पुर्वानुमान: केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

२८ फागुन, काठमाडौं ।

आज देशका केही ठाउँमा मौसम बदली भएको छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार र बुधबार पनि हिमाली र उच्च पहाडी क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation