पत्रकारमाथि महानगर प्रहरीको ज्यादती विरुद्ध रिले अनसन

२९ फागुन, काठमाडौँ

काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे कुटपिट र सञ्चार सामाग्री जफतकाे विषयमा नेपाल श्रमजीवी पत्रकार संघकाे अगुवाइमा आजबाट रिले अनसन सुरु गरिएको छ ।

घटनाका प्रत्यक्षदर्शी एवम् पीडित पदम प्रसाद पाेख्रेलले न्याय तथा क्षतिपूर्तिको लागि महानगरकाे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसामु निवेदन पेस गरेकाे आठौं दिन र घटना भएको तेह्रौं दिनसम्म पनि महानगर प्रशासनकाे गैरजिम्मेवारी विरुद्ध रिले अनसन थालिएको र न्याय प्राप्ति नहुँदासम्म अनसन जारी रहने श्रमजीवी पत्रकार संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।

संगठनले फागुन १९ गते पीडित पदम प्रसाद पाेख्रेलले दिएकाे निवेदनकाे यथासक्य छिटाे सुनुवाइ गरी खाेसिएका उल्लेखित सम्पूर्ण सामाग्री ससम्मान फिर्ता गरी आगामी दिनमा प्रेस तथा पत्रकारमाथिकाे हमला राेक्न संघले अपिल गरेकाे र छिटोभन्दा छिटो न्याय तथा क्षतिपूर्ति नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको थियाे ।

उता १९ गते आइतबार श्रमजीवी पत्रकार संगठनकाे ध्यानाकर्षण पत्र र पदम पाेख्रेलकाे निवेदन बुझ्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले अप्रत्याशित साे घटनाले आफू निकै दुखित भएको बताउँदै नगर प्रहरीबाट पत्रकारमाथि भएको ज्यादतीका विषयमा सुरक्षाकर्मीसँग थप स्पस्टिकरण मागिने बताउँदै परियारले १६ गतेकाे घटना र त्यसपछिका परिस्थितिले गम्भीर परिवेश निर्माण गरेकाे स्विकार्दै आगामी दिनमा महानगर प्रहरीबाट त्यसाे हुन नदिने र उल्लेखित माग तथा मुद्दाउपर महानगर प्रमुख बालेन्द्र शाहसँग थप सल्लाह गरेर विषयवस्तुकाे छिट्टै सम्बाेधन गरिने प्रतिबद्ध जाहेर गरेका थिए । तर यतिका दिन बितिसक्दा पनि घटनाकाे विषयमा महानगर माैन रहेकाेले अनसनमा उत्रन बाध्य भएको जैसीले बताए ।

अनसन किन ?

निशस्त्र सञ्चारकर्मीलाई एसपी मनाेज लामिछाने नेतृत्वको नगर प्रहरीले ज्यान मार्ने उदेश्यले लगातार कुटपिट गरेकाे र विभत्स लछारपछारले उनीसँग भएकाे (i7 8th Laptop/dell mouse) ल्यापटप, क्यामेरा(CANON, 6D MARK-2), माेबाइल vivo, Y-56), प्रेस परिचयपत्र र क्यामेरा ब्यागसमेत खाेसिएकाे छ ।

त्यस्तै घरायसी प्रयाेजनकाे लागि किनिएकाे रु ८ हजारकाे लत्ताकपडा, दुई हजारकाे मिठाईजन्य पदार्थ र एक हजारकाे फलफूलजन्य वस्तुपनि फ्याँकिएकाे / लुटिएको छ ।

१. कर्मथलाे दाङ जाने टिकट लिएर संयाेगले साे भीडमा पुगेर रिपोर्टिङ गरिरहेको अवस्थामा प्रेस परिचयपत्र भिरेकाे र पत्रकार हाे, ममाथि हातपात नगर्नुस् भनेर पटकपटक विनम्र अनुराेध गरेर त्यहाँबाट उम्किन खाेज्दा पनि एक दर्जन बढी महानगर प्ररहरीले निजलाई नियन्त्रणमा लिएर लगातार कुटपिट र लुटपाट गर्नुकाे कारण स्पष्ट पार्न अनुराेध छ ।

२. नियन्त्रणमा लिएर पनि प्रहरी परिसर त्रिपुरेश्वर पुग्दासमम गाडीमा लगातार ज्यान मार्ने उदेश्यले गरेकाे निर्मम कुटपिटमामा संगलग्न नगर प्रहरीलाई कानुनबमोजिम कारबाहीकाे लागि
३. खाेसिएका सम्पूर्ण सामाग्रीकाे ससम्मान फिर्ता, अनाहकमा भएकाे अमानवीय कुटपिटबाट लागेकाे चाेटपटककाे सम्पूर्ण उपचार खर्च प्राप्तिको लागि जाेडदार माग गर्दछुँ । (स्मरण रहाेस्: पीडितकाे दायाँ खुट्टाकाे तिघ्रा र घुँडाकाे लिगामेन्ट´मासु` च्यात्तिएको छ, शरीरभरी असंख्य चाेटपटक र निलडाम छन् भने बायाँ खुट्टाको तिघ्राकाे हड्डीमा पनि गहिराे दुखाइ छ)

४. महानगरपालिकाले प्रेस जगतलाई भयरहित ढंगले पत्रकारीता गर्ने वातावरणकाे ज्ञारेन्टीकाे र आगामी दिनमा प्रेस जगत तथा पत्रकारहरुमाथि आक्रमण कदापि नगर्ने प्रतिबद्धता

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation