कञ्चनपुरबाट १०.२ ग्राम खैरो हेरोइनसहित प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलिजेन्स टीम (पीआईटी) ले बेलौरी नगरपालिका– ६ नकैयाबाट १०.२ ग्राम खैरो हेरोइनसहित १८ वर्षीय सर्वेशकुमार चौहानलाई पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।