आईपीएल : उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैङ्लोरलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ। भारतमा गएराति सम्पन्न खेलमा चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई  ६ विकेटले पराजित गरेको हो।

१७४ रनको लक्ष्य पछ्याएको चेन्नइले १८.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। चेन्नईको जितमा ओपनरद्वय रितुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए। त्यसपछि आएका अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए। त्यसैगरी शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए।

बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले एक-एक विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १७३ रन बनायो। बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए।

रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए। उसका लागि सबैभन्दा धेरै अनुज रावतले ४८ रन बनाउँदा  दिनेश कार्तिक २८ रनमा अविजित रहे।

चेन्नईका लागि मुस्तफिजुर रहमान एक्लैले चार विकेट लिँदा दीपक चहरले एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुँदैछ। नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ। राति ७ः४५ बजे शुरु हुने दोस्रो खेलमा कोलकता नाइट राइडर्स र सनराइज हैदराबाद भिड्ने छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation