बाँकेमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भइ हाल अस्थायी रुपमा कोहलपुर १४ मा बस्दै आएका वर्ष २२ का अनिल विकले वर्ष २१ की श्रीमती सुशीला सुनारको हत्या गरेका हुन्।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको र उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको  इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation