ताला फुटाएर सरकारी कागज चोरेका दुईजना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी कागजातहरू चोरी गरेका दुई जनालाई नियन्त्रणमा लिएको छ।

गत चैत १२ गते राति करिब साढे तीन बजेको समयमा पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको पोखरा महानगरपालिकाको भण्डारको रूपमा रहेको र हाल सहरी स्वास्थ्य केन्द्रको भवनबाट कागजात चोरी भएका थिए।

चोरीमा संलग्न पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुवीर थापा मगर र २९ वर्षीय सरोज थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।

उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन्। दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

उनीहरूले भवनको ताल्चा फुटाएर पोखरा महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेका थिए। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै जाँदा कागजात सहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation