कर्णाली पुलबाट हाम्फालेका शाहीको शव भेटियो १६ किमी तल

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले आज अपराह्न (केही अघि) उनको शव फेला परेको थाहाखबरलाई जानकारी दिए।

टिकापुर नगरपालिका २ स्थित नदीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको हो। शाहीका आफन्तले शवको सनाखत गरेका छन्।

शाही यही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए। उनीसँगै हाम्फालेका १६ जना भने सकुशल निस्किएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation