नेपालगन्जमा एक युवकको शव फेला

नेपालगन्जमा एक युवकको शव फेला परेको छ ।

नेपालगन्ज उपमहानगरपालिका– २१ बिर्ताका करिब २२ वर्षीय युवक अरबी खाँको बिहान १० बजेतिर शव फेला परेको बाँके प्रहरीले जनाएको छ।

घाँटीमा गहिरो चोट भएकाले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। घाँटीमा हतियार प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए।

शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ। घटना रातको समयमा भए पनि प्रहरीले घटनाबारे बिहान मात्रै जानकारी पाएको थियो।

खाँ पूर्ववडाध्यक्ष रञ्जित खाँका नाति भएको खुलेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation