गाजामा इजराइली आक्रमण: ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको छ।

यो सङ्ख्यामा २४ घण्टायता मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ। हमास लडाकुले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरी युद्ध शुरु गरेपछि गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन्।

इजराइली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल, अल-शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टापछि सोमबार मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

‘इजराइली सेनाले गरेको कारबाहीमा दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु भएको छ’, गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले भने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation