डोटीमा सौताको हत्या आरोपमा महिला पक्राउ

सौताको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। बडीकेदार गाउँपालिका-२ की ३७ वर्षीया यमुना घर्ती मगर ४२ वर्षीया दुर्गा घर्ती मगरको हत्या आरोपमा पक्राउ परेकी हुन् ।

बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्ती मगरकी जेठी श्रीमती दुर्गा चैत १३ गते टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्। उनी यही चैत १२ गते दिउँसो घट्ट जान हिँडेकी थिइन्। नफर्किएपछि खोजी गर्दा भोलिपल्ट बिहान घट्टभित्र मृत फेला परेकी थिइन्।

मृतककी भाइबुहारी डम्मरी थापा मगरले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि यमुनालाई प्रहरीले पक्राउ गरेको हो।

यमुनाले ढुङ्गा, हँसिया र बञ्चरो प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिए। उनीमाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation