खेलाडी बन्ने वातावरण निर्माण भइरहेको छ : खेलकुदमन्त्री

२४ चैत, काठमाडौँ 

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अब क्रिकेट खेलाडी बन्ने वातावरण निर्माणका लागि आफू लागि परेको बताएका छन्।

जनकपुरधामको रजौलस्थित प्रस्तावित श्रीराम जानकी बहुउद्देश्यीय अन्तराष्ट्रिय रंगशालामा भएको दोस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेटको फाइनलका अवसरमा खेलकुदमन्त्री श्रेष्ठले सो धारणा राखेका हुन्।

मन्त्री विराजभक्त श्रेष्ठले जनकपुरधामसहित देशको विभिन्न शहरमा आधुनिक स्टेडियम बन्नसके अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल नेपालमै हुने प्रतिबद्वता आइसीसीबाट प्राप्त भएको जानकारी दिए।

मन्त्री श्रेष्ठले नीजि क्षेत्रको सहयोग नभए नेपाल खेलकुदको विकास सम्भव नभएको धारणा राखे। उनले उद्योग वाणिज्य संघलगायत संस्थालाई पनि खेलकुद सहयोग गर्न आग्रह गरे। साना साना वडाको खेललाई अन्तर्राष्ट्रिय खेलसरह सहयोग गरे खेलकुदको विकासमा सम्भावना सम्भव भएको मन्त्री श्रेष्ठको विश्वास छ।

दोस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेटमा आठ वटा जिल्लाले प्रतिष्पर्धा गरेका थिए। उनले मन्त्री श्रेष्ठले यो आयोजनाबाट स्थानीय व्यावसायमा पनि सहयोग मिलेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation