दाउरो प्रहार गरी श्रीमतीको हत्या

तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्।

३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दिउँसो दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

श्रीमतीलाई हत्या गर्ने कुमाललाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

घटनाको कारण बारे अनुसन्धानपछि मात्र भन्न सकिने तनहुँ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation