मौसम पूर्वानुमान महाशाखा: आज हावाहुरीसहित वर्षाको सम्भावना

 पश्चिमी र स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको पहाडी भागको थोरै स्थानमा र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ।

राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation