एसईई आज सकिँदै, ३७ हजार विद्यार्थी अनुपस्थित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अज सकिँदै छ। चैत १५ बाट सुरु भएको एसईई आज  सकिन  लागेकाे हाे।

यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए। बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिएको बताए। उनले प्रवेशपत्र लिएकामध्ये पनि आठ हजार जनाभन्दा बढी परीक्षामा अनुपस्थित रहेको जानकारी दिए। पौडेलका अनुसार परीक्षामा देशभरबाट चार लाख ६७ हजार जना मात्रै उपस्थित भएका छन्।

एसईईमा सहभागी हुने विद्यार्थीले कक्षा नौमा रजिस्ट्रेसन फाराम भर्नु पर्छ । त्यसरी फाराम भरेकामध्ये केही विद्यार्थी कक्षा नौको वार्षिक परीक्षा नतिजामा चित्त बुझेन भने सोही कक्षा दोहोर्‍याउन चाहन्छन्। जसले गर्दा एसईईमा सहभागी हुने तथ्याङ्क घट्छ। त्यस्तै कतिपय निजी स्कुलले कमजोर नतिजा भएका विद्यार्थीलाई आफैँ कक्षा नौमा दोहोर्‍याउन पनि लगाउने गरेको पौडेलको भनाइ छ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार केही विद्यार्थी कक्षा १० सम्म आउँदा आफैँ पढाइ छाड्ने गर्छन् भने केहीले आर्थिक अभावका कारण पनि पढाइ छाडेका हुन्छन् । एसईईमा वैकल्पिक धारका विद्यालयबाट पनि परीक्षा फाराम भर्न पाउने व्यवस्था छ।

त्यस्तै महिला तथा प्रौढलाई लक्षित गरेर खोलिएका विद्यालयबाट पनि एसईई परीक्षामा फाराम भराउने गरिएको छ तर यस्ता विद्यालयबाट फाराम भरेकामध्ये केही परीक्षार्थी कम उमेर भएका कारण वा अन्य कारणबाट पनि परीक्षामा अनुपस्थित हुने गरेको पौडेलले बताए।

अनुपस्थित परीक्षार्थीमध्ये अधिकांश छात्र रहेको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation