रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२८ चैत, दाङ

 

दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना. ६ख १४८६ नम्बरको रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु. ४१प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका– १७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लका अनुसार मंगलबार राति पौने ९ बजे घोराही उपमहानगरपालिका– १७ बेलबासस्थित सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि बसेका तुलसीपुर उपमहानगरपालिका– ११ बेलदमारका ३५ वर्षीय शरद लामिछाने घाइते भएका छन । उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation