महानगरका सव-इन्जिनियर घुससहित पक्राउ

पोखरा महानगरपालिकामा कार्यरत सव–इन्जिनियर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर घुससहित पक्राउ परेका छन्।

उनीहरुलाई  बुधबार साँझ १ लाख ५० हजार रूपैँया घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनीहरुले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation