६ किलो बढी लागुऔषधसहित एक महिला पक्राउ

३ बैशाख, देउखुरी

दाङमा प्रहरीले लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोइलावासले नेपालबाट भारत लैजादै गरेको अवस्थामा ६ किलो ८२० ग्राम चरेस बरामद गरेको हो ।

आइतबार दिउसो साढे १२ बजेको समयमा गढवा गाउँपालिका–८ कोइलावास नाकामा जाँचको क्रममा घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी ४१ बर्षिय सुकमायाँ बुढालाई ६ किलो ८२० ग्राम चरेस सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलिले जानकारी दिए ।

बुढाले कम्मरमा बेरेर लुकाईछिपाई भारत तर्फ लैजाँदै गरेको अवस्था प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ ।

बरामद चरेश ओसारपसारमा संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation