चेन्नईले हैदरावादलाई ७८ रनले पराजित

१७ बैशाख, काठमाडौं 

इंडियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको छ।

चेन्नईले दिएको २१३ रनको  लक्ष्य पछ्याएको हैदराबाद १८ दशमल ५ ओभरमा १३४ रनमा समेटियो। हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक रह्यो। यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोडे।

चेन्नईका लागि तुषार देशपाण्डेले ४ विकेट लिए। यस्तै मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २/२ विकेट लिए। रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन जोड्यो। चेन्नईका कप्तान रुतुराज गाइक्वाडले ९८ रनको सानदार इनिङ खेले। डयारिल मिचेलले ३२ बलमा ५२ रन बनाए। यस्तै शिवम दुबेले ३९ रन जोडे।

हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले समान १/१ विकेट लिए।

जितपछि चेन्नाई ९ खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। पराजित हैदराबादको पनि ९ खेलमा १० अंक नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ।

आईपीएलमा आज कोलकता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्ने छन्।

इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो ।

सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक(एक गोल गरे ।

३२ औं मिनेटमा ग्भार्डियोलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ग्वार्डियोलले केभिन डी ब्र्युनको कर्नरमा हेडर मार्फत गोल गर्दै उनले आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

सिटीले दोस्रो गोल गर्न ७१ औं मिनेटसम्म कुर्नुपरेको थियो । हालान्डले आफ्नो टोलीको अग्रता दोब्बर बनाउन डी ब्र्युनबाट पास प्राप्त गर्दै फरेस्ट डिफेन्सलाई बिट गर्दै अग्रता दिब्बर बनाएका थिए ।

जितसँगै सिटी ३४ खेलबाट ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यसअघि आफ्नो प्रतिद्वन्द्वी टोटनह्यामलाई ३–२ ले हराएको आर्सनल ३५ खेलबाट ८० अंकसहित शीर्ष स्थानमा छ ।

तेस्रो स्थानमा रहेको लिभरपुलले ३५ खेलबाट ७५ अंक जोडेको छ । फरेस्ट ३५ खेलबाट २६ अंकसहित १७ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation