मौसम पूर्वानुमान: तत्काल पानी पर्ने सम्भावना छैन, गर्मी अझै बढ्ने

२१ बैशाख, काठमाडौं 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ।

महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहे पनि उल्लेख्य पानी पर्ने सम्भावना नरहेको हो।

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ।

राति सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

आइतबार दिउँसो  देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। प्रि मनसुन अवधिमा वर्षा नहुँदा देशभर वनमा डढेलो फैलिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation