आजदेखि प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुँदै

२२ बैशाख, ललितपुर 

ललितपुरको महाङ्काल गाउँपालिकामा शनिबार प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता शुरु हुँदैछ।

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा गोटिखेलको महाङ्काल माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा बागमती प्रदेशका १९ पालिकाले सहभागिता जनाएको  प्रतियोगिता संयोजक एवं गाउँपालिकाकी उपप्रमुख डोल्मा माया गोलेले जानकारी दिइन्।

प्रतियोगिताको उद्घाटन शनिबार बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ ।

ललितपुर जिल्ला खेलकुद विकास समितिको समन्वय, राष्ट्रिय खेलकुद परिषद राखेप र बाग्मती प्रदेश खेलकुद विकास परिषदको सहयोग र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो।

विभागीय टिमबाट खेल्ने र अन्तर्राष्ट्रिय खेलाडीले भाग लिन नपाउने प्रतियोगितमा १ करोड ३० लाखभन्दा बढी रकम खर्च हुने अनुमान छ।

विजेता टिमले ३ लाख तथा उपविजेताले २ लाख नगद पुरस्कार पाउने छन्। यसैगरी तेस्रो हुने दुई टिमले १-१ लाख नगद पुरस्कार पाउनेछन्। यस्तै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी ५ लाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिइने संयोजक डोल्माले जानकारी दिइन् ।प्रतियोगिता वैशाख २५ गते सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation