
२८ बैशाख, काठमाडौँ
विश्वभर लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
जर्मनीमा सन् १९६१ देखि २०१२ सम्म ५० प्रतिशतले ं लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या बढेको छ। जसमा लिङ्गको क्यान्सरको दर प्रति एक लाख मानिसमध्ये १.२ बाट वृद्धि भएर १.८ पुगेको छ।
विश्व कयान्सर रजिस्ट्रीको पूर्वानुमान अनुसार आगामी दिनमा लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या थप बढ्दै जाने छ।
सन् २०५० सम्म विश्वभर लिङ्गको क्यान्सरका कारण प्रभावित हुनेको सङ्ख्या ७७ प्रतिशतले वृद्धि हुने रजिस्ट्रिले आँकलन गरेको छ।
जानकारहरूका अनुसार यो क्यान्सर विशेषगरी ७ औँ दशकका वृद्धहरूमा बढी देखिने गरेको छ।
के हो लिङ्गको क्यान्सर ?
चिकित्सकहरूका अनुसार लिङ्गको क्यान्सर हुने विभिन्न कारणहरू हुन सक्छन्। तर, तीमध्ये सबैभन्दा प्रमुख भनेको धुम्रपान र मुत्राशयको छाला बाक्लो हुनु।
ब्राजीलको सोसाइटी अफ यूरोलोजीका मारिशियो डेनेर कर्डीरोका अनुसार लिङ्गको राम्रोसँग सरसफाई नगर्दा पनि क्यान्सरको जोखिम बढ्न सक्छ। मुत्रासय माथिको छाला हटाएर सफाइ नगर्दा त्यहाँ जम्मा भएका किटाणुहरूले क्यान्सरको कोषहरू विकास गर्ने गर्छ। र,त्यसले टुयूमर बन्न जान्छ। साथै ह्युमनप्यापोलिमा भाइरस पनि लिङ्गको क्यान्सर गराउने कारण रहेको देखिएको छ।