क्वानकीडो संघ प्युठानको गठन कार्यक्रम सम्पन्न; अध्यक्षमा केसी

प्युठान,३१ वैशाख। क्वानकीडो संघ प्युठानको अध्यक्षमा निम बहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन।
“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथसोमबार भएको क्वानकिडो संघको कार्यसमिति गठनबाट अध्यक्षमा निम बहादुर खत्री चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा जीवन पुन मगर (मल्लरानी गाउँपालिका), उपाध्यक्ष समिर खड्का (प्यूठान नगरपालिका), सचिव मनविर घर्ती मगर (नौबहिनी गाउँपालिका), सह–सचिव सरीता गिरी (झिमरुक गाउँपालिका), कोषाध्यक्ष लोकेन्द्र के.सी (गौमुखी गाउँपालिका) रहेका छन् ।
सदस्यहरुमा लक्ष्मी रोका क्षेत्री (स्वर्गद्वारी नगरपालिका), शिवराम पुन मगर (प्यूठान नगरपालिका) र हिमाल पुन मगर (सरुमारानी गाउँपालिका) छन् ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् । सोमबार स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा भएको कार्यसमिति गठन कार्यक्रममा बोल्दै सांसद शर्माले खेलकुद राष्ट्रको गहना सहित स्वास्थ्यको लागि एक महत्वपूर्ण भएको बताएका हुन् ।
खेल क्षेत्रले देशको पहिचान सहित आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्न पनि सहयोग गर्ने बताउँदै सांसद शर्माले यसमा सरकारले विशेष चासोका साथ हेर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति प्यूठानका कार्यालय प्रमुख गोविन्दराज पण्डित, इलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख चन्द्रकान्त अधिकारी, स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाका क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का, स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाकी उपप्रध्यापक विमला खनाल, अनेरास्ववियू प्यूठानका जिल्ला अध्यक्ष दिल बहादुर दसौदी, नेपाल क्वानकिडो संघका महासचिव टेकराज के.सी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघका केन्द्रिय सदस्य यमराज पाठकले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संघका सचिव प्रेम पुन मगरले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation