क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

बलात्कार आरोपमा तल्लो अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा हेर्दाहेर्दैमा परेको छ।

बहस नसकिएपछि  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा जारी सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो। मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गरे।

उनीहरूले पर्याप्त प्रमाणविनै काठमाडौं जिल्ला अदालतले कैदको सजाय सुनाएको भन्दै सन्दीपले सफाइ पाउनुपर्ने माग गरे। सन्दीपका तर्फबाट अझै दुई जना कानुन व्यवसायीले बहस गर्न बाँकी छ।

पीडितका तर्फबाट सरकारी वकिल र निजी वकिलहरूले बहस गरेका थिए।

अग्राधिकार प्राप्त मुद्दामा भोलि बुधबार बहसले निरन्तरता पाउने र भोलि नै अदालतले फैसला दिने एक कानुन व्यवसायीले बताए।

काठमाडौं जिल्ला अदालतले बलात्कार पीडित बालिग रहेको ठहर गर्दै सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको थियो। त्यसविरुद्ध सन्दीप पुनरावेदन गएका हुन्।

न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ । दुवै मुद्दाको एकसाथ सुनुवाइ भइरहेको हो।

यसअघि वैशाख २३ गते न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो । विपक्षी झिकाउन आदेश भएकै इजलासमा पेसी परेपछि हेर्न नमिल्नेमा परेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation