८ करोड मूल्यको कोकिनसहित ३ विदेशी पक्राउ

३ जेठ, काठमाडौं 

प्रहरीले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिलालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ गरेका तीनै जना अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले जनाएको छ ।

वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट पक्राउ परेकी थिइन् । उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार पद्दतीबाट निकालिएको प्रहरीले जनाएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम थियो ।

त्यस्तै युगाडाकै लिलियान सुसन वानयाङजी जेठ २ मा धोबीचौरबाट पक्राउ परेकी थिइन् । उनको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ ।

भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल जेठ २ गते धोबिचौरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनी १ किलो ३९४ ग्राम कोकिन किन्नको लागि धोबिचौर पुगेकी थिइन् ।

अ.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation