नदीमा डुबेर दुईजनाको मुत्यु

जिल्लाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको हो।

यस्तै गोरखा नगरपालिका-१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका-५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation