
११ जेठ, प्युठान
प्युठानमा महिलाहरूका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेभएको छ ।
जिल्ला अस्पताल प्युठानको आयोजनामा जेठ १२ गते देखि १८ गते सम्म जिल्लाको विभिन्न स्थानहरुमा महिलाहरुका लागि प्रजनन स्वास्थ्य सम्बन्धी नि:शुल्क सेवा शिविर सञ्चालन हुने प्युठान अस्पतालले जानकारी दिएको छ ।
महिलाहरुमा हुने विभिन्न किसिमका रोग पाठेघर/आङ खस्ने, पाठेघरको मुख तथा स्तन क्यान्सर, अब्स्ट्रेक फिस्टुला, बाँझोपन र स्त्री तथा प्रसुतिसँग सम्बन्धित अन्य स्वास्थ्य समस्याहरुको नि:शुल्क चेकजाँच तथा उपचार सम्बन्धि परामर्श गरिने भएको छ ।
सञ्चालन हुने मिति र स्थान –
मिति २०८१/०२/१२ गते ढुङ्गेगढी स्वास्थ्य चौकी सरुमारानी गा.पा.
मिति२०८१/०२/१७गते ओखरकोट स्वास्थ्य चौकी झिमरुक गा.पा.
मिति २०८१/०२/१८गते प्यूठान अस्पताल प्यू.न.पा.
शिविरबाट प्रदान गरिने सेवाहरु :
१. पाठेघर/आङ खस्ने समस्याको जाँच परामर्श उपचार तथा प्रेषण
२. पाठेघरको मुख तथा स्तन क्यान्सरको जाँच परामर्श र प्रेषण
३. अब्स्ट्रेक फिस्टुलाको जाँच परामर्श र प्रेषण
४. बाँझोपन सम्बन्धि आवश्यक परामर्श र प्रेषण
५. स्त्री तथा प्रसुतिसँग सम्बन्धित अन्य स्वास्थ्य समस्याहरुको जाँच तथा उपचार