Pranmancha

Advertisment

SKIP THIS

९ वर्षीय विद्यार्थी कुट्ने शिक्षक पक्राउ

२२ जेठ, कास्की

विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा पोखरा महानगरपालिका-३२ स्थित युनिभर्स इङलिस बोर्डिङ स्कुलका शिक्षक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार कास्कीकै रूपा गाउँपालिका-५ का ३२ वर्षीय शिक्षक सुदीप अधिकारी पक्राउ परेका हुन्।

अधिकारीले गत जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भनी बालकको शरीरको पछाडिको भागमा लट्ठीले प्रहार गरी घाइते बनाएको जाहेरी प्रहरीमा परेको छ।

सोही जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत जेठ २० गते शिक्षक अधिकारीलाई पक्राउ गरेको हो।

जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक शर्माले बताए।

यो कसुरमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation