Pranmancha

Advertisment

SKIP THIS

आइसीसी टी–२० विश्वकप अन्तर्गत आज भारत र आयरल्याण्ड भिड्दै

२३ जेठ, काठमाडौं

आइसीसी टी–२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ। आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुन लागेको हो।

न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती सवा ८ बजेदेखि शुरु हुने छ।

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो। टी–२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन। अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ।

समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation