Pranmancha

Advertisment

SKIP THIS

आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतको विजयी सुरूवात

आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ।

बुधबा अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो।​

आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभ पन्तले ३६ रन बनाए।

बलिङतर्फ आयरल्याण्डका मार्क ऐडेयर र बेन व्हाइटले समान १/e१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको थियो। उसका लागि ग्यारेथ डेलानीले २६, जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन बनाए।

आयरल्याण्डलाई सस्तैमा समेट्न भारतका हार्दिक पाण्डेयले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २/२ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १(१ विकेट लिए। प्रतियोगिताको समूह ए मा रहेका दुवै टोलीको यो पहिलो खेल हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation