नक्कली लाइसेन्स प्रकरणमा उपचसचिबसहित पाँच जना पक्राउ

२ असार, काठमाडौं

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार साह र राजेश लम्साल पक्राउ परेका हुन्।

सीआईबीले उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

यातायात व्यवस्था विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation