
प्यारो डल्लेकाबा
बैबाहिक बर्षगाठको हार्दिक बधाई तथा शुभकामना तिमीलाई !!
डल्लेकाबा आजको दिन त्यो मौसम नसम्झी मनले धरै पाउदैन । सुन न त्यो असार महिना भररात आकाश रोईरहेको थियो । तिनाउ नदि वेगले उर्लिरहेकी थिइन सायद तिम्रो र मेरो अनन्त यात्राको आशिर्वाद प्रत्येक छाल छालमा हुङ्कारी रहेकि थिइन अहिले पनि त्यहीँ नै , त्यही क्षण नै प्रतीत हुन्छ ।
जब बिहानी सुर्यले वादललाई प्रास्त गरि धरणिलाई आलिङ्गन गर्न हतार हतार शैलश्रेणी चुम्दै भित्री मधेसका अङ्ग प्रत्याङ्ग चुम्ने अभिलाषाका साथ केही किरण नदिमाथी किनारमा टुक्रिएका वादलु ढिक्कालाई आकाश छुन हिडेको तुवाँलो साथी भेट्ने सङ्केत गर्दै थिए त केहि किरण पानीमा हाम फाल्दै पानीलाई तरङ्गित तुल्याउँदै थिए , केही किरण उछिट्टिएर पाखामा रहेका वनकुसुम लहरा समाउने चेष्टा गर्दै थिए ! धरा भेट्ने चेष्टामा रातको अन्धकार फार्दै मिर्मिरे लाई पन्छ्याउँदै हतार हतार जाजोल्यमान रवि किरणले धरा रङ्गयाएसरि तिमीले मेरो सिउँदो रङ्गयाउँदै थियौ ठिक त्यसैबेला पवन वेग सिद्धबाबाको पहरामा ठोकिदा सुन्दर सङ्गितको धुन प्रतिध्वनित हुन्थ्यो त्यही क्षण नै तिम्रो र मेरो मिलन प्राप्तिको वहार थियो र साक्ष्य सिद्धबाबा थिए ।
एक महिलाले पुरुष पाउनु सर्वस्व पाउनु भन्ने मेरी महतारिको आदर्श वाक्यलाई आत्मासाथ गर्दै म तिम्री अर्धाङ्गिको रुपमा तिम्रो सुन्दर संन्सारमा प्रवेस गर्दै थिए । मलाई यस्तो लाग्छ तिमी त्यो युगको युग पुरुष थियौ , जुन युगले आधी त्रेता युग र आधी कलि युग भेटाएको थियो ।
यो जिन्दगीको क्यानभासमा खै अचेल किन सूर्य पनि मलिन लाग्छ सायद तिम्रो र मेरो जोडी मिलाईदिने ईश्वर पनि मलिन छन् र अस्ताए पनि 😥
मेरो जीवनको महत्त्व पूर्ण खुसी त मैले गुमाईसके तर पनि तिमी एउटा सिङ्गो गोधुली साँझ हौ मन्त्र मुग्ध पार्ने उद्यान हौ तिम्रो छातिका प्रत्येक रौं रौंमा सुन्दर फुलका प्रतिबिम्ब पाउने गर्छु ।कुनै मोनोक्रोमेटिक भन्दा कम छैन तिम्रो त्यो विशाल प्रेम , डल्याबा तिमी एउटा् नाट्यशाला हौ , तिमी कविता हौ , कथा हौ र सिङ्गो साहित्य हौ तिमीलाई हेर्दा तिम्रा ती लोलिएका आखामा साहित्यिक रस भेटाउँछु त्यही रसपानले त स्वयं आफुमा चुरेबाट बहने नदिको चंचलता मिसाउँछु तिमिलाई फर्केर हेर्छु तिमीभित्र कर्णालीको सालिनता पाउँछु राराको गाम्भिर्यता पाउँछु अनि अर्जुनको जस्तो प्रेम पाउँछु म आफुलाई उर्वशी सम्झेर पवन वेगमै हराउँछु ।
प्यारो डल्याबा शुक्ल पक्ष र कृष्ण पक्ष गर्दै कहिले मदमत्तमा त कहिले शुन्यतामा जिन्दगिको पाना धेरै पल्टाई सक्यौं सायद जिन्दगीको दोश्रो अध्यायको अन्ततिर आईपुग्यौ तेश्रो अध्यायको दैलोनेर चियाउदै छ जिन्दगिले ।
हाम्रो डल्या बा के तिमीले महशुस गरेकाछौ ? बितेको जिन्दगिले कति पाठ सिकाएर गयो ? मलाई लाग्छ धेरै पाठ सिकाएर गयो है ,? त्यसको साक्षी प्रत्यक्षदर्शी केवल तिमी म र स्वयं प्रकृति छ अब सिकेको पाठको कुनै अर्थ छैन किन कि गृहस्थश्रमको अन्त्यतिर आईपुग्नै लाग्यौ त्यसैले आफुले भोगेका सास्ती आलोकाचोपन न आफुले जानियो न त कुनै अनुभवी अग्रजले जीवन जिउने तरिका बताईदिए । त्यही अन्योलका कारण सुन्दर तरिकाले जिउनु पर्ने रसराग मिश्रति जीवन अन्धाधुन्ध मै बितेको पत्तै भएन्छ त्यसैले जीवन जिउने तरिका आफुले भोगेका सास्ती तल्लो पिढिलाई बताउन बुद्धिनानी ठहर्छ । नकि तिम्रो र मेरो जस्तो जीवन कुनै संन्ततिले जिउन नपरोस आखिर आधा उमेर अन्जानमा , जान्ने हुँदा आधा उमेर जानै लागिसकेको हुदोरहेछ अनि खै त कहाँ भेटिन्छ जीवन को आनंद ?? हुन त हात बाट उम्केको चरी सरि उम्किसकेको समयको अवसाद गरेर फाईदा हुदैन तर पनि समिक्षा गर्न मन लाग्यो ।
मानिसहरु भन्ने गर्छन् चालीस कटेसी रमाउँला तर चालीस भन्दा माथिको उमेरमा मानव मनमा स्वत प्रकृतिले उपार्जन गरेको रसराग सुवा बनेर उडिसकेको हुदोरहेछ । चालीस भन्दा अगावै सबै कुरा एकसाथ लैजान सक्ने मानिसले नै जीवनको आनन्द भोग गर्दो रहेछ प्रेमी प्रेमिका या श्रीमान श्रीमती । जस्तो सुकै कठिन परिस्थितिमा पनि परिवारलाई दिने समयमा कन्जुस्याई गर्न नहुँदो रहेछ त्यो बेला मलाई तिम्रो अभाव भयो तिमीलाई समयको अभाव किन कि तिम्रो काधमा धेरै जिम्मेवारी थियो ।
हेर त डल्याबा हिजोका ति हाम्रा चुलबुले छोरा छोछोराछोरीको बालापन नै उनिहरुको साथ छैन सानोमा उनिहरुको गालामा गर्ने चुम्बन उनिहरुको सरम भई सक्यो । त्यस्तै श्रीमान श्रीमती बिचको प्रेमिल राग पनि उडिसक्यो । धन कमाउने र बस्ने बासको सपना देख्दैमा आधा उमेर कटिसक्यो अब त रोगले च्यापिसक्यो ।
डल्लेकाबा तिमीलाई थाहा छ समय पाएमा मैले धेरै गन्थन गर्छु म बहिर्मुखी स्वभावकी तिमी चै अन्त्रमुखी स्वभावको तर पनि तिम्रा आँखाले बोलेका हरेक भाषा र ईशारा बुझ्दछु र त जीवन यहानेर सम्म आईपुग्यो बाकी जीवन त भोग्न नै छ तर कति भन्ने अनिश्चित , यो अनिश्चित जिन्दगीको यात्रा यहाँ सम्म ल्याई पुर्याउन कृपा राख्ने ईश्वरलाई सम्झदै आजलाई पत्र बन्द गर्दछु उहीँ तिम्री अर्धङ्गिनी सानु
प्युठान
२०८१/ ३/१0