Pranmancha

Advertisment

SKIP THIS

इरानलाई हराउँदै नेपाल फाइनल प्रवेश, उपाधिका लागि भारतसँग भिड्ने

काभा महिला भलिबल नेसन्स लिगमा इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

ने‍पालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो । अन्तिम सेट नेपालले २५–२० ले जितेको हो ।

फाइनलमा नेपालले भारतसँग खेल्ने छ । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation