साफ यू–२० फुटबल च्याम्पियनसिप : एक खेल अगावै नेपाल सेमीफाइनलमा

४ भदौ, काठमाडौँ

घरेलु टोली नेपाल एक खेल अगावै बीस वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज भएको खेलमा बंगालादेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो।

सातदोबाटोस्थित (एन्फा) कम्प्लेक्समा भएको खेलमा बंगालादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेको हो।

बङ्गालादेशको जितमा मिराजुल इस्लाम र पिएस अहमद नोभाले एक/एक गोल गरे। लगातार दुई खेलमा हार बेहोरेको श्रीलंका प्रतियोगिताबाट बाहिरएको छ।

पहिलो खेलमा श्रीलंका नेपालसँग पराजित भएको थियो। साफ यु-२० च्याम्पियनसिपमा शुक्रबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ।

भुटान पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation