आरेमको तीज गीत “जुत्ता भिजायो” सार्वजनिक!

प्युठान,७ भाद्र।नेपाली हिन्दु नारीहरुको महान पर्व मानिने हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन एक पछि अर्को गर्दै तीज गित हरु सार्वजनिक भैरहेका छन्।कतिपय गीत त परिवार सँग बसेर हेर्नै र सुन्नै नमिल्ने समेत बजारमा आएका छन्।यसै क्रममा आरेम सुनारको नारी विशेष तीज गीत सार्वजनिक भएको छ।

अन्जना बस्नेतले निर्देशन गरेको म्युजिक भिडियोमा वर्षा बस्नेत,आयुष्मा रायमाझी,ओसिन सुनार र आराध्य गोतामेको अभिनय रहेको छ।तीजमा साथीसंगी भेट हुँदा एक अर्काको भावनाहरु गीतको माध्यमबाट प्रस्तुत गरेको पर्दामा देख्न सकिन्छ।विष्णु बेल्बासेले छायांकन गरेको भिडियोको सम्पादन र कलरिङ अनिश खड्का र सुनिल विश्वकर्माले गरेका छन।

गायिका बालिका तामाङले लेखेको शब्दमा चर्चित रेकर्डिङस्टार आरेम सुनारले लय भरेका हुन्। गायीका लक्ष्मी विसी र बालिका तामाङको स्वरमा रहेको तिज गित “जुत्ता भिजायो” बिहीवार सार्वजनिक भएको हो । जुत्ता भिजायो गितको म्युजिक र एरेञ्ज पनि आरेम सुनारले  नै गरेका हुन् ।सोनिक एच डि सामाखुशिमा रेकर्ड गरिएको उक्त गीतको रेकर्ड भने स्वरुप पाठकले गरेका हुन्।

प्युठानी माटोमा जन्मिएका उर्जाशिल युवा आरेम सुनार विगत ५ वर्ष देखी व्यावसायिक रुपमा राजधानी काठमाडौंमा सांगीतिक क्षेत्रमा जमिरहेका छन् ।सुनार उत्कृष्ट रेकर्डिङ स्टारको रुपमा छुट्टै छवि बनाएका व्यक्ति हुन्।यससँगै नयाँ गीतको तयारीमा रहेको सुनारले बताए। तीज गीत “जुत्ता भिजायो” आरेम सुनार अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।सुनारको यो गीतले अत्यधिक चर्चा कमाउने क्रममा रहेको छ।

भिडियो हेर्नुहोस:

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation