लेनिन शतवार्षिकी बैठकः कार्तिक ३ काे अन्तरक्रियात्मक विचार-गोष्ठीको लागि उपसमिति गठन

लेनिन स्मृति शतवार्षिकी समिति दाङको दोस्रो बैठक समितिका संयोजक प्रमोद धितालको अध्यक्षतामा घोराहीमा आज सर्वाेदय पुस्तकालय घाेराहीमा सम्पन्न भएको छ ।

बैठकले आगामी कार्तिक ३ गते गरिने ‘आजको सन्दर्भमा लेनिन’ विषयक वृहत विचार गोष्ठी व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । जस अन्तर्गत प्रमोद धिताल संयोजक रहेको कार्यपत्र लेखन तथा अतिथि संयोजन, रामप्रसाद जैसी संयोजक रहेको आर्थिक तथा व्यवस्थापन र पदम प्रसाद पोख्रेल संयोजक रहेको प्रचार–प्रसार तथा जनसम्पर्क उप–समितिहरु गठन गरेको छ ।

बैठकले कार्यसमितिमा विष्णा गौतमलाई थप गरेको छ भने शशिधर भण्डारी, लेखराज रेग्मी र सुशील गौतमलाई सल्लाकारमा चयन गरेको छ ।

लेनिन शतवार्षिकीको अवसर पारेर आगामी जनवरीमा समापन गर्नेगरि जनस्तरबाट केन्द्रीय स्तरमा गठित ‘लेनिन स्मृति शतवार्षिकी समितिले’ राजनधानीमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ भने राजधानी बाहिर पनि कार्यक्रमहरु भइरहेका छन् ।

आजको सन्दर्भमा लेनिनका योगदान, रुसमा भएको युगान्तकारी अक्टोबर क्रान्ति र प्रतिक्रान्तिका शिक्षाहरु, लेनिनवादको महत्व लगायतका विषयहरुलाई जनस्तरसम्म पु¥याउने उद्देश्य आयोजकको रहेको छ ।

आगामी कार्तिक ३ गते दाङको घोराहीमा हुने वृहत विचार गोष्ठीलाई सफल बनाउनका लागि सहयोग गर्नका लागि सम्पूर्ण समाज रुपान्तरणकारी, प्रगतिशील तथा वामपंथीहरुसँग शतवार्षिकी समितिले अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation