ऐतिहासिक पदक जित्ने पलेशालाई शीर्ष नेताहरुको बधाई !

पेरिस पाराओलम्पिकमा नेपालका लागि ऐतिहासिक का‌ंस्य पदक जितेकी पलेशा गोवर्धनलाई शीर्ष नेताहरुले बधाइ दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाटै खुशी साटेका छन् । ‘पेरिस पाराओलम्पिकमा नेपालले कांस्य पदक प्राप्त गरेको छ, पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाइ’ प्रधानमन्त्रीले स्टाटस लेखेका छन् ।

शुक्रबार राति के ४४ क्याटागोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा सर्बियाकी मारिया मिसेभलाई १५–८ ले हराएँदै नेपाललाई गोवद्र्धनले ऐतिहासिक पद दिलाएकी छन् ।

खेल इतिहासमै ओलम्पिकमा पहिलो पदक दिलाउने गोवद्र्धनलाई सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बधाइ दिएका छन् । ‘पलेशा गोवद्र्धनको ऐतिहासिक उपलब्धि नेपालका लागि गर्वको विषय हो’, देउवाले लेखेका छन् ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गोवद्र्धनलाई बधाइ दिएका छन् ।

‘नेपालकी पलेशा गोवद्र्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहासे रेचिकी छन्’ प्रचण्डले लेखेका छन्, ‘पलेशालाई यस उल्लेखनीय उपलब्धिका लागि बधाइ छ, जसले सम्पूर्ण नेपालीहरुलाई गौरवान्वित बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation