प्युठानमा वाइसीएलले गर्यो रक्तदान

२२ असोज, प्युठान

`वाइसीएल´नेपाल प्युठानले आज जिल्लामा रक्तदान गरेको छ ।

वाइसीएल नेपाल प्युठानको आयोजनामा भएको बिजयादशमी, शुभदिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा सहभागी हुदै युवाहरुले रक्तदान गरेका छन् ।

नेकपा (माओवादी केन्द्र )को सहायक संगठन `वाइसीएल´ले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा ( माओवादी केन्द्र ) लुम्बिनी प्रदेश कमिटीका सचिब कृष्ण अधिकारी ” प्रकाश ” रहेका  थिए भने बिशेष अतिथि पार्टीका जिल्ला संयोजक यज्ञ बहादुर केसी ” प्रभात ” रहेका थिए ।

रचनात्मक एवं प्रभाबकारी अभियान संगै YCL नेपाल प्युठानले कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation