भुर्तेलको उत्कृष्ट पारीसँगै नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

४ कार्तिक, काठमाडौं 

कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी–२० अन्तर्राष्ट्रियमा  अमेरिकालाई १ सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य  दिएको छ।

अमेरिकाको डलासमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको हो। नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए। त्यसमा सात चौका र छ छक्का सामेल थियो। अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए।

नेपालको सुरुआत भने राम्रो रहेन र ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए। उनले एक रन मात्र बनाए। अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो। त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए। उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो।

कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे। उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले दुई रन मात्रै बनाए।

अमेरिकी बलरमध्ये नोसथुस केनजिग र जसदीप सिंहले दुईरदुई विकेट लिए।नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो। तीन खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ। नेपाल पहिलो टी–२० मा १७ रनले विजयी रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation